न्यटलीको ऐतिहासिक शतकमा मुम्बईको सानदार जित, बेंगलोर स्तब्ध
सारांश
- महिला प्रिमियर लिगमा मुम्बई इन्डियन्सकी न्यटली सिभर-ब्रन्टले पहिलो शतक बनाइन्।
- न्यटलीको शतकको मद्दतले मुम्बईले बेंगलोरलाई पराजित गर्यो, र १९९ रनको स्कोर बनायो।
- बेंगलोरले ऋचा घोषको ९० रनको उत्कृष्ट पारीको बाबजुद १८४ रनमा समेटियो।
वडोदरा । महिला प्रिमियर लिग (डब्लूपीएल) मा मुम्बई इन्डियन्सकी न्यटली सिभर-ब्रन्टले ऐतिहासिक प्रदर्शन गरेकी छन्। सोमबार वडोदराको कोटाम्बी स्टेडियममा भएको खेलमा न्यटलीले लिग इतिहासकै पहिलो शतक प्रहार गरेपछि मुम्बईले बेंगलोरमाथि रोमान्चक जित दर्ता गरेको हो।
पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रनको विशाल योगफल तयार पारेको थियो। मुम्बईको सुरुवात खराब रहे पनि न्यटली सिभर-ब्रन्ट र हेली म्याथ्युजले पारी सम्हालेका थिए।
तेस्रो ओभरमै सजीवन सजनालाई व्यक्तिगत ७ रनमा गुमाएको मुम्बईका लागि न्यटली र हेलीले शतकीय साझेदारी गरे। हेलीले ३९ बलमा ५६ रनको योगदान दिइन् भने न्यटली १०० रनमा अविजित रहिन्।
कप्तान हरमनप्रीत कौरले २० रन र अमनजोत कौरले ४ रन बनाए पनि न्यटलीको आक्रामक ब्याटिङले मुम्बईलाई बलियो स्थितिमा पुर्याएको थियो। बेंगलोरका लागि लरेन बेलले २ विकेट लिइन्।
२०० रनको लक्ष्य पछ्याएको बेंगलोरको सुरुवात भने निकै निराशाजनक रह्यो। टोलीले मात्र ३५ रन जोड्दा ५ महत्वपूर्ण विकेट गुमाइसकेको थियो। कप्तान स्मृति मन्धाना ६, ग्रेस ह्यारिस १५ र जर्जिया भोल ९ रनमा आउट भएपछि बेंगलोर दबाबमा परेको थियो।
यद्यपि, विकेटकिपर ऋचा घोषले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरिन्। उनले ९० रनको उत्कृष्ट पारि खेलिन् तर अन्य ब्याटरको साथ नपाउँदा बेंगलोर १८४ रनमा समेटियो।
मुम्बईका लागि हेली म्याथ्युजले ३ विकेट लिइन् भने शबनिम इस्माइल र अमेलिया केरले २-२ विकेट हात पारे।
यो जितसँगै मुम्बई इन्डियन्स ७ खेलमा ३ जितसहित ६ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरे पनि बेंगलोर १० अङ्कका साथ यसअघि नै प्लेअफमा पुगिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण