धनगढीमा बालेनको क्रेज: समर्थकको थेगिनसक्नु भीडका कारण कार्यालय छिर्नै सकेनन्, सिधै कञ्चनपुर प्रस्थान
सारांश
- रास्वपा नेता बालेन शाहको सुदूरपश्चिम भ्रमणले धनगढीमा ठूलो जनसागर उर्लियो।
- समर्थकको भीडका कारण बालेन सम्पर्क कार्यालयभित्र पस्न सकेनन् र कञ्चनपुरतर्फ लागे।
- बालेनले कञ्चनपुरको पुनर्वास र महेन्द्रनगरमा चुनावी सभाहरूलाई सम्बोधन गर्नेछन्।
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) को सुदूरपश्चिम भ्रमणले धनगढीमा नयाँ राजनीतिक तरङ्ग पैदा गरेको छ। चुनावी प्रचारप्रसारका क्रममा बर्दिया हुँदै मंगलबार धनगढी आइपुगेका बालेनलाई स्वागत गर्न यति ठूलो जनसागर उर्लियो कि उनी आफ्नै पार्टीको सम्पर्क कार्यालयभित्र समेत छिर्न सकेनन्।

कैलाली क्षेत्र नम्बर ५ को चुनाव लक्षित धनगढीको सम्पर्क कार्यालयमा बालेनलाई भेट्न उम्मेदवार आनन्द बहादुर चन्दलगायतका नेताहरू भित्रै पर्खिरहेका थिए। तर, कार्यालय बाहिर समर्थकहरूको अत्याधिक भीड र ‘बालेन सरकार’ को पक्षमा लागेको नाराबाजीका कारण उनी भित्र पस्ने अवस्था नै बनेन। भीड नियन्त्रणबाहिर जान थालेपछि उनी बाहिरबाटै समर्थकहरूलाई हात हल्लाउँदै र घण्टी बजाउँदै कञ्चनपुरतर्फ लागेका छन्।

बालेन आजै कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगर पुग्ने कार्यतालिका छ। त्यहाँ उनले झलारी र महेन्द्रनगरमा आयोजित चुनावी सभाहरूलाई सम्बोधन गर्नेछन्।
काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रव्यापी अभियानमा होमिएका बालेनले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि चुनावी कार्यक्रममा सहभागी हुने योजना बनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण