विश्वदीप पाण्डेले भेटे प्रचण्ड
बुटवल । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका विश्वदीप पाण्डेले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनले मंगलबार काठमाडौँमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा प्रचण्डले निर्वाचन क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन् ।
लुम्बिनी प्रदेशको प्रमुख सहर बुटवल र विश्वसम्पदा सूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनी यही निर्वाचन क्षेत्रमा पर्ने भएकाले प्रचण्डले रुपन्देही–२ लाई विशेष महत्वका साथ हेरेका हुन् ।
प्रचण्डले निर्वाचनको समग्र माहोलबारे जानकारी लिँदै आफूलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको सचिवालयले जनाउको छ । उनले आम मतदाताको भावना बुझेर अघि बढ्न पाण्डेलाई सुझाव दिएका छन् ।
पाण्डेले रुपन्देहीमा पार्टी नेतृत्वसँग लामो समयदेखि जोडिएर काम गरेको अनुभव तथा नयाँ पुस्ताको भावना प्रतिनिधित्व गर्न सक्ने क्षमता आफूमा रहेको उल्लेख गरे । यस कारण निर्वाचनको माहोल आफ्नो पक्षमा सकारात्मक रहेको उनले जानकारी दिए ।
पाण्डेले विश्वसम्पदा लुम्बिनी र महत्त्वपूर्ण व्यापारिक केन्द्र बुटवलसँग जोडिएका सपना र सम्भावनाबारे चर्चा गर्दै व्यवस्थित विकासमार्फत सिङ्गो मुलुकको मुहार फेर्न सकिने अवधारणा प्रस्तुत गरेका थिए । उनले रुपन्देही–२ को सामाजिक, राजनीतिक तथा आर्थिक विकाससम्बन्धी योजनाबारे पनि जानकारी दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डेसहित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण