रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना
मङ्गलबार, १३ माघ २०८२, १९ : ५६
सारांश
- रास्वपाका सभापति रवि लामिछानेको देब्रे खुट्टामा चोट लागेको छ।
- चोटमा संक्रमण देखिएपछि उहाँ हाल महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ।
- चिकित्सकको सल्लाह अनुसार, पूर्ण स्वास्थ्य सुधार भएपछि उहाँ राजनीतिक गतिविधिमा फर्किनुहुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको देब्रे खुट्टामा चोट लागेको छ । माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा लामिछानेको खुट्टामा सामान्य चोट लागेको थियो ।
उक्त सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको स्वकीय सचिव अविनाश आचार्यले बताए । उनका अनुसार लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् ।
चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भन्दै केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिएको छ ।
चोट आफैँमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र पुनः नियमित राजनीतिक तथा साङ्गठनिक अभियानमा फर्किने स्वकीय सचिव आचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्ड : पहिरो पन्छाउन तीन ठाँउमा उपकरण
-
पहिरो पन्छाउन तीन ठाँउमा उपकरण
-
बागमतीको खानेपानी मन्त्रालयको ८६.७७ प्रतिशत पुँजीगत खर्च
-
नागढुङ्गाबाट ५ टन काठको कोइलासहित दुई जना पक्राउ
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण