सर्लाहीका सुरक्षा अधिकारीहरूसँग परराष्ट्रमन्त्रीले गरे छलफल
मङ्गलबार, १३ माघ २०८२, २० : २६
जनकपुरधाम । परराष्ट्रमन्त्री बालानन्द शर्माले मंगलबार सर्लाहीका सुरक्षा अधिकारीहरूसँग छलफल गरेका छन्।
लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेक, जुटपानीमा आयोजित छलफलमा मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
कुनै पनि किसिमको विवाद हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन उनले निर्देशन दिए। छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कटरिया, प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द तथा जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेललगायतले वर्तमान सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण