रुट र ब्रुकको शतकसँगै श्रीलङ्काली भूमिमा इंग्ल्याण्डलाई ऐतिहासिक सिरिज
सारांश
- इंग्ल्याण्डले श्रीलंकालाई ५३ रनले हराएर एकदिवसीय सिरिज २-१ ले जित्यो।
- जो रुट र ह्यारी ब्रुकको उत्कृष्ट ब्याटिङले इंग्ल्याण्डले विशाल योगफल बनायो।
- श्रीलंकाले घरेलु मैदानमा १२ सिरिज जितेको कीर्तिमान तोड्दै इंग्ल्याण्ड विजयी भयो।
कोलम्बो । जो रुट र कप्तान ह्यारी ब्रुकको विष्फोटक ब्याटिङको मद्दतले इंग्ल्याण्डले श्रीलङ्काविरुद्धको तेस्रो एकदिवसीय खेलमा ५३ रनको जित निकाल्दै तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ। कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा बुधबार भएको निर्णायक भिडन्तमा इंग्ल्याण्डले प्रस्तुत गरेको ३५८ रनको विशाल लक्ष्य पछ्याएको श्रीलङ्का ४६.४ ओभरमा ३०४ रनमै समेटियो।
यस जितसँगै इंग्ल्याण्डले श्रीलङ्काको घरेलु मैदानमा रहेको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ। सन् २०२१ मा भारतसँग पराजित भएयता श्रीलङ्काले लगातार १२ वटा घरेलु एकदिवसीय सिरिज जितेको थियो, जुन कीर्तिमान इंग्ल्याण्डले तोडिदिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डको सुरुवात निकै खराब थियो। प्रारम्भिक ब्याटर बेन डकेट ७ र रेहान अहमद २४ रनमा आउट हुँदा ११ ओभरभित्र टोली ४०–२ को कमजोर अवस्थामा पुगेको थियो। तर, अनुभवी जो रुट र युवा स्टार ज्याकब बेथेलले तेस्रो विकेटका लागि १२६ रनको साझेदारी गर्दै पारी सम्हाले। बेथेल ६५ रन बनाएर आउट भएपछि मैदान छिरेका कप्तान ह्यारी ब्रुकले श्रीलङ्काली बलरमाथि निर्मम प्रहार गरे।
ब्रुकले मात्र ६६ बलमा ११ चौका र ९ छक्काको सहयोगमा अविजित १३६ रनको तूफानी पारी खेले। अर्कोतर्फ संयमित ब्याटिङ गरेका जो रुटले १०८ बलमा आफ्नो २० औँ एकदिवसीय शतक पूरा गरे। उनले १११ रन जोडे ।
यी दुईबिच चौथो विकेटका लागि अविजित १९१ रनको साझेदारी भएपछि इंग्ल्याण्डले ५० ओभरमा ३ विकेट गुमाएर ३५७ रनको विशाल योगफल खडा गर्यो। अन्तिम ५ ओभरमा मात्र इंग्ल्याण्डले ८८ रन बटुलेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलङ्काले आक्रामक सुरुवात गरे पनि नियमित अन्तरालमा विकेट गुमाउँदा दबाबमा पर्यो। ओपनर पथुम निसान्काले २५ बलमै ५० रन जोडेर टोलीलाई राम्रो सुरुवात दिए पनि मध्यक्रम चल्न सकेन। यद्यपि, पवन रथनायकेले करियरको पहिलो शतक प्रहार गर्दै १२० बलमा १२१ रनको जुझारू पारी खेलेर टिमलाई जिताउने प्रयास गरे। तर अन्य ब्याटरको साथ नपाउँदा उनको प्रयास पर्याप्त भएन।
इंग्ल्याण्डका लागि जेमी ओभरटन, विल ज्याक्स, आदिल राशिद र लियम डसनले समान २–२ विकेट लिँदै श्रीलङ्कालाई लक्ष्यभन्दा ५३ रन टाढै रोके।
पहिलो खेल श्रीलङ्काले १९ रनले जितेको भए पनि दोस्रो खेल ५ विकेटले जितेर इंग्ल्याण्डले सिरिजमा पुनरागमन गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026