गगनलाई सघाउने भन्दै सांसद उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश
सारांश
- गगनकुमार थापालाई सघाउन सर्लाहीमा विभिन्न पार्टीका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
- बहुजन पार्टीका कृष्ण कुमार कुशवाहसहित चार वडाध्यक्षलाई गगन थापाले पार्टीमा स्वागत गरे।
- गोडैता नगरपालिकाका वडाध्यक्षहरू र अन्य नेताहरूले कांग्रेस प्रवेश गरी थापालाई समर्थन जनाए।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नं ४बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नं ४का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् ।
बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ ख प्रदेशका उम्मेदवार कृष्ण कुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।
सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नं १का वडाध्यक्ष सुजित महतो, वडा नं २का वडाध्यक्ष अजय प्रसाद शाह, वडा नं ५का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नं ११का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाए । वडा नं १का वडाध्यक्ष महतो र वडा नं २का वडाध्यक्ष नेपाल कम्युनिस्ट पार्टी, वडा नं २का वडाध्यक्ष शाह नेपाल कम्युनिस्ट पार्टी, वडा नं ५का वडाध्यक्ष गुप्ता जसपा, वडा न ११का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए ।

त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरुले बताए । यस अघि सर्लाही क्षेत्र नं ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण