कागजात नभएका ५ लाख आप्रवासीको हैसियत वैध बनाउँदैछ स्पेन
सारांश
- स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी मान्यता दिने योजना ल्याएको छ, जसबाट ५ लाखभन्दा बढी लाभान्वित हुनेछन्।
- नियमितीकरण प्रक्रियामा आपराधिक रेकर्ड नभएका र २०२५ डिसेम्बर ३१ अघि पाँच महिना बसेका विदेशीले आवेदन दिन सक्नेछन्।
- मन्त्री एल्मा साइजले यस निर्णयलाई ऐतिहासिक भन्दै मानव अधिकार र आर्थिक वृद्धिलाई जोड दिएकी छिन्, जसले एक वर्षको आवासीय अनुमति दिनेछ।
म्याड्रिड । स्पेन सरकारले कागजातविहीन आप्रवासीहरूको हैसियत वैध बनाउने योजना सार्वजनिक गरेको छ । यसबाट कम्तीमा पाँच लाखभन्दा बढी अवैध आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नियमितीकरण प्रक्रिया अन्तर्गत आपराधिक अभिलेख नभएका र सन् २०२५ डिसेम्बर ३१ अघि कम्तीमा पाँच महिना स्पेनमा बसोबास गरेको प्रमाण प्रस्तुत गर्न सक्ने विदेशी नागरिकहरूलाई कानुनी मान्यता दिइनेछ ।
स्पेनकी समावेशीकरण, सामाजिक सुरक्षा तथा आप्रवासन मन्त्री एल्मा साइजले यस निर्णयलाई देशका लागि ऐतिहासिक दिन भन्दै मानव अधिकार, सामाजिक एकता र आर्थिक वृद्धिसँग मेल खाने आप्रवासन मोडललाई बलियो बनाउने बताएकी छिन् ।
यस योजनाअन्तर्गत लाभग्राहीलाई सुरुमा एक वर्षको आवासीय अनुमति दिइनेछ, जुन पछि नवीकरण गर्न सकिनेछ । कानुनीकरणका लागि आवेदन प्रक्रिया अप्रिलदेखि सुरु भई जुनको अन्त्यसम्म खुला रहनेछ ।
हालैका वर्षहरूमा स्पेनमा विशेषगरी ल्याटिन अमेरिकाबाट ठूलो संख्यामा आप्रवासी आइरहेका छन् । रूढिवादी थिंक–ट्यांक फुनकासका अनुसार सन् २०१७ मा १ लाख ७ हजार रहेको कागजातविहीन आप्रवासीको संख्या सन २०२५ मा बढेर ८ लाख ३७ हजारभन्दा बढी पुगेको छ । सबैभन्दा धेरै आप्रवासी कोलम्बिया, पेरु र होन्डुरसबाट आएका मानिन्छन् ।
युरोपका ठूला मुलुकहरूबिच स्पेनको समाजवादी नेतृत्वको सरकार यस विषयमा फरक धारमा देखिएको छ । आप्रवासीको योगदानकै कारण स्पेनको अर्थतन्त्र सन् २०२५ मा करिब ३ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान छ । लामो समयदेखि समस्या बनेको बेरोजगारी दर पनि २००८ पछि पहिलो पटक १० प्रतिशतभन्दा तल झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण