टोटनह्यामका स्ट्राइकर कोलो मुआनी सवार कार दुर्घटना
सारांश
- टोटनह्यामका फरवार्ड रान्डल कोलो मुआनी कार दुर्घटनामा परे, तर पूर्ण रूपमा स्वस्थ छन्।
- च्याम्पियन्स लिगको खेलका लागि जर्मनी जाँदै गर्दा मुआनी र ओडोबर्टको कार दुर्घटना भयो।
- मुआनी र ओडोबर्ट जर्मनी पुगेर खेलका लागि उपलब्ध हुनेछन्, तर केही खेलाडी चोटका कारण अनुपस्थित रहनेछन्।
लण्डन । टोटनह्यामका मुख्य प्रशिक्षक थोमस फ्र्याङ्कले फ्रान्सेली फरवार्ड रान्डल कोलो मुआनी कार दुर्घटनामा परे पनि अहिले पूर्ण रूपमा स्वस्थ रहेको जानकारी दिएका छन्।
मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा २७ वर्षीय मुआनी र विल्सन ओडोबर्ट एक क्षतिग्रस्त फेरारी कार नजिक उभिएको देखिएका थिए । उक्त दुर्घटना टोटनह्यामको टोली च्याम्पियन्स लिगको अन्तिम समूह चरणको खेलका लागि जर्मनी प्रस्थान गर्नुअघि विमानस्थल जाँदै गर्दा भएको हो।
दुर्घटनाको समयमा ओडोबर्ट आफ्नै कारमा यात्रा गरिरहेका थिए र सहकर्मी मुआनीलाई सहयोग गर्न बाटोमा रोकिएका थिए। प्रशिक्षक फ्र्याङ्कका अनुसार कारको टायर पड्किएका कारण उक्त दुर्घटना भएको हो।
दुर्घटनाका कारण मुआनी र ओडोबर्टको यात्रामा केही ढिलाइ भए पनि उनीहरू मंगलबार राति नै जर्मनी पुग्ने र बुधबार राति आइनट्राक्ट फ्र्याङ्कफर्ट विरुद्ध हुने खेलका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ। पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा टोटनह्याम आएका मुआनीले यो सिजन युरोपेली प्रतिष्पर्धामा दुई गोल र दुई असिस्ट गरिसकेका छन्।
टोटनह्यामका लागि फ्र्याङ्कफर्ट विरुद्धको जितले तालिकाको शीर्ष आठमा स्थान सुरक्षित गर्नेछ। यद्यपि, टोलीमा केही मुख्य खेलाडीहरूको अभाव खड्किने देखिएको छ। डिफेन्डर पेड्रो पोरो ह्यामस्ट्रिङ चोटका कारण आगामी चार हप्ताका लागि मैदान बाहिर रहनेछन् भने मिकी भान डे भेन पनि सामान्य समस्याका कारण टोलीसँग जर्मनी गएका छैनन्।
भान डे भेन आगामी आइतबार म्यानचेस्टर सिटी विरुद्धको प्रिमियर लिग खेलसम्ममा फर्कन सक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण