बाँकेबाट १ महिनाअघि हराएकी २१ वर्षीया युवतीको हत्यामा प्रेमी संलग्न
सारांश
- बाँकेमा २१ वर्षीया युवतीको हत्या, एक महिनाअघि मामाघर हिँडेकी युवतीको शव इनारमा फेला परेको थियो।
- पोस्टमार्टम रिपोर्टले घाँटी र टाउकोमा चोटका कारण हत्या भएको पुष्टि गर्यो, प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
- प्रहरी अनुसन्धानका अनुसार, प्रेम सम्बन्धमा खटपट आएपछि युवकले युवतीको हत्या गरी शव इनारमा फालेका थिए।
काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–३ मा बस्ने २१ वर्षीया बसन्ती गोडिया एक महिनाअघि मामाघर जान्छु भनेर हिँडेकी थिइन् ।
तर, माघ १ मा बिहान घर नजिकै जंगलछेउको इनारमा उनको शव सडेको अवस्थामा भेटियो । कपडा र गहनाको आधारमा सो शव बसन्ती गोडियाको पुष्टि भएको छ ।
शवको पोस्टमार्टम गर्दा मृत्युको कारण ‘चोप इन्ज्युरी टु नेक एण्ड हेड’ भन्ने खुल्यो । अर्थात, टाउको र घाँटीमा चोटका कारण हत्या भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।
पोस्टमार्टम रिपोर्टको आधारमा गोडियाको हत्या भएको निष्कर्ष सहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । डुडुवा–३ घर भएका उनकै छिमेकी २५ वर्षीय राकेश बर्मालाई पक्राउ गरिएको बाँकेका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
गोडिया र बर्मा प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धमा खटपट आएका कारण बर्माले भेट्न बोलाएर जङ्गलमा हँसियाले लगातार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मोबाइल सम्पर्क विवरण हेर्दा पुस १ देखी उनीहरू सम्पर्कमा थिएनन् ।
बर्माले प्रेम सम्बन्धमा खटपट आएपछि आवेशमा हँसियाले प्रहार गरेर हत्या गरेको प्रहरीलाई बयानमा बताएका छन् । हत्या गरेर आरोपीले शव इनारमा फालेका थिए । प्रयोग नहुने इनारमा शव फालेको हुनाले स्थानीयले ढिलो देखेका थिए ।
आरोपीलाई माघ ११ मा पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण