हुम्लाको हिल्सा र नाम्खा जाने सडक हिउँले अवरुद्ध
काठमाडौँ । मंगलबारदेखि परेको हिउँका कारण हुम्लाको नाम्खा र हिल्सा जाने सडक अवरुद्ध भएको छ । हिमपातका कारण हुम्लाको सदरमुकाम सिमकोटलगायत क्षेत्रको जनजिवन प्रभावित भएको छ ।
सिमकोट क्षेत्रमा परेको ३ फिट बाक्लो हिँउ भने पन्छाएर प्रहरीले सडक खुलाएको छ । बाजुरा र सुर्खेततर्फ जाने राजमार्गको हिउँ पन्छाएर सडक सुचारु गरिएको हुम्लाका डीएसपी शंकर खड्काले बताए । उनले भने, ‘माथिल्लो भेग नाम्खा र हिल्सातर्फ जाने सडक हिउँले अवरुद्ध छ ।’
सदरमुकामबाट हिल्सा र नाम्खा गाउँपालिका जोड्ने सड्क पूर्ण रूपमा अवरुद्ध छन् । यसअघि माघ १० मा पनि हुम्लामा हिँउ परेको थियो ।
नाम्खा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय निनीमा कार्यरत प्रहरीहरू चिसोका कारण असोज ३० देखि सदरमुकाम झरेका छन् । तापक्रम माइनस डिग्रीमा झर्ने हुँदा उनीहरू इलाका फर्किन नसकेका हुन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हेलिकप्टरमा प्रहरीलाई त्यहाँ पठाएर निर्वाचन गर्नेगरी जिल्ला सुरक्षा समितिले कार्ययोजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण