शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : सुनको मूल्यमा अर्को रेकर्ड, देशभर वर्षा र हिमपात

बुधबार, १४ माघ २०८२, २२ : ००
बुधबार, १४ माघ २०८२

आज २०८२ माघ १४ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • सैन्य जनरल बर्खास्त

पिपुल्स लिबरेशन आर्मी (पीएलए) को उच्च तह छिन्नभिन्न भएको छ। सप्ताहन्तमा चीनका शीर्ष जनरल झाङ युसिया र अर्का वरिष्ठ सैन्य अधिकृत जनरल लिउ झेनलीलाई पदबाट हटाइएपछि देशभित्र चलिरहेको शक्ति संघर्षको बारेमा गम्भीर प्रश्नहरू खडा भएका छन्।

  • सुनको मूल्य

नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो । 

  • सहकारी प्राधिकरण

राष्ट्रिय सहकारी नियमन प्राधिकरण दोस्रो वर्षमा प्रवेश गरेको छ । सहकारी अध्यादेशमार्फत् २०८१ माघ १४ गते स्थापना भएको प्राधिकरणले आफ्नो पहिलो वार्षिकोत्सव मनाउन लागेको हो ।

  • चुनावी बजेट

अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि उक्त रकम निकासा गरिएको हो । 

  • एमाले महासचिव शंकर पोखरेलसँग 'वारपार'

आगामी फागनु २१ गते हुने निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलसँग निर्वाचन, टिकट वितरणमा देखिएको विवाद, निर्वाचनमा एमालेले मत माग्ने आधार लगायत विषयमा रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको छ ।

  • प्रधानमन्त्री जन्माउने थलो

 फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तर अहिले माहोल प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनजस्तो बनिरहेको छ । सबैजसो प्रमुख दलले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएका छन् ।

  • हिमपात

पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए । उक्त प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनले बताए।

  • न्यायलय

सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेसका पूर्व सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग बिहीबारका लागि समय लिएको हो ।

 नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै परेको रिट खारेज भएको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाउँदै दायर रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेसँगै टेलिकमलाई मोबाइल फोनमा रिङ ब्याक टोन बजाउने बाटो खुलेको छ ।

  • उपभोक्ताकाे गुनासाे

यतिबेला बजारमा खाना पकाउने ग्यास(एलपीजी) अभाव देखिएको गुनासो आउन थालेको छ । उपभोक्ताले ग्यास लिन बिक्रेताकहाँ जाँदा बिक्रेताहरूले ‘ग्यास छैन’ भन्ने जवाफ फर्काइरहेको रित्ता सिलिन्डर लिएर फर्किनुपरेको गुनासो आउन थालेका छन् ।

  • निर्वाचन चहलपहल

रातोपाटीमा बुधबार प्रकाशित निर्वाचनसम्बन्धी समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप