उत्तरी गोरखामा हिमपात
गोरखा । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज बिहान ३ः०० बजेतिरबाट हिमपात हुन सुरु गरेको स्थानीयले बताएका छन् । चुमनुब्री गाउँपालिका–१ को साम्दो, सामागाउँ, वडा नं २ को ल्हो, स्याला, वडा नंं ६ को चुम्चेत, वडा नं ७ को नौवटै गाउँबस्तीमा हिमपात भएको स्थानीयवासीको भनाइ छ ।
“बिहान ३ः०० बजेदेखि हिउँ पर्न सुरु गरेको हो”, चुमनुब्री–७ का पासाङफुञ्जो लामाले भने, “हिउँ परेपछि गाउँलेहरू एकदम खुसी भएका छन् ।”
खेतीपानी राम्रो हुने, धुलो नउड्ने, हुरीबतास नचल्ने र आगलागीको डर नहुने भन्दै स्थानीय खुसी भएका उनको भनाइ छ ।
“सँधै हुरीबतास चलेर अहिले त घरको अँगेनामा आगो फुक्न पनि नसक्ने अवस्था थियो”, उनले भने, “अब बल्ल हिउँ पर्यो । आगालागीको पनि डर हट्यो । हुरीबतास चलेर धुलो उडाएर बस्न नसक्ने भएको थियो । त्यस्तो पनि नहुने भयो अनि मङ्सिरमा लगाएको गहुँखेतीले पनि पानी पाउने भयो । वनको झारलहरूले पनि पानी खान नपाएर आत्तिसकेका थिए । अब पानी खान पाउने भए ।”
हिमपात भएपछि गाउँलेहरूको दिनचर्यामा पनि परिवर्तन भएको छ । अहिले सबै जना घरभित्रै आगो तापेर बसेका छन् भने करिब एक फिट हिउँ जमेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण