हिमपातले किसान खुसी, जनजीवन कष्टकर
मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र माघ । पहाडी र तराई क्षेत्रमा वर्षा हुँदा हिमाली क्षेत्रमा हिमपात हुन्छ ।
हिमपात भएपछि यहाँका डाँडाकाँडा, खोला, नदी, ताल पूर्णरूपमा जमेका छन् भने हिमपातले सेताम्मे देखिएको छ । यसअघि गत कात्तिक १० र ११ गते हिमपात भएको थियो ।
मंसिर र पुस महिनामा हिउँ परेन । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ अहिले हिउँले ढाकिएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका घ्याम्चो गुरुङले बताए । उनले भने, “मनाङका गाउँतिर करिब एक फिटभन्दा बढी हिउँ परेको छ । यसले किसान भएका छन् । हिउँ परेपछि यहाँको उत्पादन बढ्ने हो । हिउँ पर्दा जनजीवन केही दिन भने कष्टकर हुन्छ ।”
हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन् । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन मुस्किल भएको छ । पर्यटक पनि रोकिएका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले पनि हिमपात भइरहेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक गन्तव्यतर्फ जानबाट रोकिएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले माथिल्लो मनाङ (मनाङ ङिस्याङ) गाउँपालिकामा गए रातिदेखि हिमपात भइरहेको जानकारी दिए।
सदरमुकाम चामेमा हिउँ पर्न रोकिएर पानी परिरहेको छ । “तल्लो मनाङ (नासों गाउँपालिका) को अधिकांश ठाउँमा पानी परिरहेको छ । मौसम बदली भइरहेको छ । नार्पाभूमितिर गोठाला १०/१२ जनाबाहेक नभएको सूचना पाएका छौँ”, प्रजिअ पौड्यालले भने, “तर, मौसम बदली तथा हिमपात र उक्त भूगोलमा सञ्चारको पहुँच पनि कम हुँदा त्यता कसैसँग सम्पर्क भएको छैन, सायद हिमपातले केही कठिनाइ भएको हुनसक्छ ।”
माथिल्लो मनाङमा दुई फिटसम्म हिउँ परेको जानकारी प्राप्त भएको उgको भनाइ छ । यतिबेला परेको हिउँ पछिसम्म रहने र सिँचाइको काम गर्ने भएकाले किसान भने खुसी देखिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण