बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हिमपातमै एमाले हुम्लाको चुनावी प्रचार अभियान सुरु

बुधबार, १४ माघ २०८२, १९ : २७
बुधबार, १४ माघ २०८२

सिमकोट । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हिमपातकै बिच प्रचार अभियानको औपचारिक रूपमा सुरुवात गरेको छ । 

सिमकोट गाउँपालिका‐५ खाद्यकको चौपाडीबाट आफ्नो चुनावी अभियान सुरु गरेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीका संयोजक दल रावलले जानकारी दिए । 

एमाले निर्वाचन परिचालन कमिटीको बैठकले आजबाट औपचारिक रूपमा प्रचार अभियान थाल्ने योजना अनुसार नै एमालेले आज तल्लो गाउँबाट प्रचारको कामको सुरुवात गरेको एमाले प्रचार प्रसार उपसमितिका संयोजक तिर्थराज बोहराले जानकारी दिए  ।

उनका अनुसार चौपाणीमा आयोजित कोणसभालाई एमालेका केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेदवार दल फडेरा, केन्द्री यस सदस्य तथा समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटी र एमाले निर्वाचन परिचालन कमिटीका संयोजक तथा केन्द्रीय सदस्य रावलले सम्बाेधन गरेका छन् । 

संबोधनमा प्रत्यक्ष उम्मेदवार दल फडेराले यो निर्वाचनमा देश जलाउने र देश बनाउने बिचको लडाई भएकाले देश जलाउने भन्दा बनाउने पार्टी एमालेका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् ।

यसैगरी समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटीले २६ वर्षसम्म जिल्लाका अन्य दलका प्रतिनिधिहरूको काम गर्ने तौरतरिका देखिसकेको र एमालेले प्रतिनिधि सभामा गएर जिल्लाका लागि भूमिका खेल्न नपाएको हुँदा यो पटक एमालेलाई विजयी गराउन आग्रह गरे । 

एमाले हुम्लाका नेता तथा कार्यकर्तासहित गएका उम्मेदवारले सिमकोट तल्लो गाउँ, र माथिल्लो बजारका स्थानीय र व्यापारीसँग मत माग्दै घरदैलो कार्यक्रम गरेको जनाइएको छ । 

प्रचार रणनीति तय गर्न एमालेका ४३ वडाका बैठक सम्पन्न 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचारण रणनीति निर्माण गर्न एमालेले जिल्लाका ४३ वटा वडाको बैठक आयोजना गरेको एमाले हुम्लाका अध्यक्ष ज्ञामी वुमीले जानकारी दिए ।

पार्टी जिल्लाको सर्कुलर अनुसार आज नाम्खा ५ लिमी बाहेकका वडा कमिटीको बैठक बस्ने काम भएको जानकारी जिल्ला कमिटीलाई आएको अध्यक्ष वुमीले रेडियो कर्णाली आवाजलाई बताउनु भयो ।

हिमपातकै बिच सबै वडा कमिटीले बैठकको आयोजना गरी वडा स्तरिय निर्वाचन कार्यालय स्थापना गर्ने र वडा स्तरिय प्रचार अभियानको कार्य योजना बनाउने काम गरिरहेको एमाले  हुम्लाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप