जनार्दनको चुनावी कमान्डर बने एमालेका नन्दराम
सुर्खेत । पार्टी केन्द्रको निर्णयलाई अक्षरशः पालना गर्ने भन्दै नेकपा एमाले रुकुम पश्चिमले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई सघाउने औपचारिक निर्णय गरेको छ ।
बुधबार संयुक्त पत्रकार सम्मेलन गरी शर्मालाई जिताउन एमाले युद्धस्तरमा खटिने एमाले रुकुम पश्चिमका नेताहरूले बताए ।
एमाले रुकुम पश्चिमका इन्चार्ज सुशील थापाले प्रलोपाका नेता तथा एमाले–प्रलोपाका साझा उम्मेदवार शर्मालाई प्रत्यक्षतर्फ 'आखाँ' चिह्नमा मतदान गर्ने र समानुपातिकमा आ–आफनो पार्टीको चुनाव चिह्नमा मतदान गर्ने उद्देश्यसहित चुनावी अभियान सुरु भएको बताए ।
एमालेले आगामी फागुनमा हुने निर्वाचनका लागि जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई उम्मेदवार नै बनाइसकेको थियो । तर पार्टी केन्द्रले शर्मालाई सघाउन निर्देशन जारी गरेपछि उनै देवकोटाले पत्रकार सम्मेलन नै गरेर शर्मालाई जिताउन खटिने बताए ।
देवकोटा नै शर्माको चुनावी कमान्डरसमेत बनेका छन् । बुधबार दुवै दलको ५५५ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी बनेको छ भने उक्त कमिटीको नेतृत्व देवकोटाले सम्हालेका हुन् । शर्मा तिनै व्यक्ति हुन्, जो ०७९ को प्रतिनिधि सभा निर्वाचनमा शर्माकै प्रतिस्पर्धी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण