निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह
सारांश
- महामन्त्री पौडेलले निर्वाचनमा एकताबद्ध भएर लाग्न आग्रह गरे।
- उनले फागुन २१ को निर्वाचनमा कांग्रेसलाई जिताउन एकता आवश्यक रहेको बताए।
- पार्टीले लोकप्रिय उम्मेदवार तय गरेको र सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले बुधबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफलमा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई विजय गराउन पार्टीभित्र एकता आवश्यक रहेको बताएका हुन् ।
महामन्त्री पौडेलले भने, “फागुन २१ मा हुने निर्वाचन आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय हो, पार्टीभित्रका सबै उम्मेदवारलाई जिताउनु सबैको जिम्मेवारी रहन्छ । पार्टीले पछिल्लो परिस्थिति र जनभावनाअनुसार लोकप्रिय उम्मेदवार तय गरेको छ । पार्टीभित्र एकता कायम राख्नेगरी टिकट वितरण गरिएको छ । क्रियाशील सदस्य नै पार्टीको जितको आधार भएकाले सबै एकताबद्ध भएर लागौँ ।”
उनले पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने र देश विकासमा प्रस्ट दृष्टिकोण समेट्ने गरी घोषणापत्र ल्याउने तयारी गरिएको जानकारी दिए । काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले निर्वाचनमा परिणाम ल्याउने गरी सामाजिक सञ्जालको सदुपयोग गर्न पनि आग्रह गर्दै पार्टी बदलिएको सन्देश आम कार्यकर्ता र जनता दिन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण