भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–१० स्थित कमलविनायकमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बुधवार राति कमलविनायक बाट च्याम्हासिंह तर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०२० प ११६८ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको हो ।
उपचारको क्रममा स्कुटर चालक भक्तपुर नगरपालिका–८ बस्ने २६ वर्षीय विमल बनमालाको मृत्यु भएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।
घटनास्थलमा शुरुमा बा.५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो । सो मोटरसाइकलमा त्यही दिशाबाट आएको स्कुटर ठोक्किँदा टिपररले ठक्कर दिएको अनुसन्धानबाट थाहा भएको छ । मोटरसाइकल चालक भक्तपुर घर भएका २४ वर्षीय राजेश बनमालाको भक्तपुर अस्पताल, दुधपाटीमा उपचार हुँदै छ । तीन वटै सवारी साधन प्रहरी वृत्त जगातेमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण