अमेरिकामा ब्याजदर यथावत्, पावेलले दोहोर्याए स्वतन्त्रता जोगाउन प्रतिबद्धता
सारांश
- अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर घटाउन गरेको आग्रहलाई फेडले अस्वीकार गरेको छ।
- फेड अध्यक्ष पावेलमाथि संघीय अभियोजकले आपराधिक अनुसन्धान सुरु गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । बुधबार सम्पन्न नीतिगत बैठकपछि फेडले प्रमुख कर्जा दर ३ दशमलव ५ प्रतिशतदेखि ३ दशमलव ७५ प्रतिशतको दायरामै कायम रहने निर्णय गरेको छ । फेडका अनुसार अमेरिकी अर्थतन्त्र सुदृढ गतिमा विस्तार भइरहेकोले तत्काल दर परिवर्तन आवश्यक नठानिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर छिटो नघटाएको भन्दै पावेलको बारम्बार आलोचना गरिरहेको समयमा फेडले यस पटक पनि ब्याजदर यथावत् राखेको हो । यसैबिच, फेडको भवनको नवीकरणसम्बन्धी विषयमा सिनेटलाई दिएको बयानलाई लिएर पाउवेलमाथि संघीय अभियोजकले आपराधिक अनुसन्धान सुरु गरेका छन् ।
बुधबारको पत्रकार सम्मेलनमा पावेलले उक्त अनुसन्धानबारे टिप्पणी गर्न अस्वीकार गरे पनि केन्द्रीय बैंकको स्वतन्त्रता कमजोर भए संस्थाको विश्वसनीयता पुनःस्थापित गर्न कठिन हुने चेतावनी दिए । ‘मुद्रानीति प्रत्यक्ष निर्वाचित नेताहरूको नियन्त्रणमा नहुने व्यवस्था नै जनताको हितमा रहेको छ,’ उनले भने । फेडको स्वतन्त्रता गुमेमा फेडमाथिको विश्वास गम्भीर रूपमा क्षतिग्रस्त हुने उनको भनाइ छ ।
ब्याजदर कटौतीप्रतिको राष्ट्रपति ट्रम्पको असन्तुष्टिका कारण आफू माथि छानबिन भएको पावेलले पहिल्यै पनि भनेका थिए । उनी मे महिनामा फेडको अध्यक्ष पदबाट हट्दैछन र ट्रम्पले चाँडै नयाँ अध्यक्ष घोषणा गर्ने अपेक्षा गरिएको छ । गत वर्ष गरिएका तीन पटकका ब्याजदर कटौतीको प्रभाव फेडले निरन्तर मूल्याङ्कन गरिरहेको पनि पाउवेलले बताए । ‘अर्थतन्त्रले फेरि पनि आफ्नो मजबुती देखाएको छ,’ उनले निष्कर्ष निकाले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण