सेयर बजारमा साढे १७.५३ अंकको गिरावट, साढे १४ अर्ब बराबरको कारोबार
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १७.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो ।
बजार परिसूचक ओरालो लागे पनि आज कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ । दिनभरिमा ३२० वटा कम्पनीको ३ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा कुल १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कुल कम्पनीमध्ये १७० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बजार घटे पनि केही जलविद्युत कम्पनीहरूको शेयर मूल्यमा भने उत्साहजनक वृद्धि देखिएको छ । हिमालयन दोलखा हाइड्रोपावरको शेयर मूल्य ९.२३ प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोपावरको ९.१९ प्रतिशतले बढेको छ । यस्तै कालिका पावरको मूल्य ८.३२ प्रतिशतले वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
समूहगत रुपमा आज सबैभन्दा धेरै विकास बैंक परिसूचक २.२३ प्रतिशत र म्यानुफ्याक्चरिङ क्षेत्रको २.१२ प्रतिशत मूल्य घटेको छ । हाइड्रो, इन्भेष्टमेन्ट र म्युचुअल फण्डका सूचक घटेका छन् ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यसैगरी एसवाई प्यानलको ५२ करोड २९ लाख र अपर माई हाइड्रोपावर ४६ करोड ६४ लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण