आयोगले सोध्यो आचारसंहिता उल्लङ्घनका २१ स्पष्टीकरण
सारांश
- निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावका लागि माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गरेको थियो।
- आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा उम्मेदवार, व्यक्ति, संस्था र पदाधिकारीहरूसँग स्पष्टीकरण सोधेको छ।
- आयोगले आचारसंहिता उल्लंघन गर्ने व्यक्ति र संस्थाहरूलाई कारबाहीका लागि नियामक निकायहरूसँग समन्वय गरिरहेको छ।
काठमाडौँ । निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ । आयाेगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लङ्घनका विषयमा भएका कामकारबाहीबारे जानकारी दिएकाे हाे ।
प्रतिनिधि सभा चुनावका लागि माघ ५ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता २०८२ लागू गरेको गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग स्पष्टीकरण सोधिएको बताए ।
आचारसंहिता लागू भएदेखि माघ १४ गतेसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँच वटा जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको प्रवक्ता भट्टराईले बताए । निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत तोकिसकिएको भट्टराईले बताए ।
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरिएको छ । जसअन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको उनले बताए ।
इकाईले पत्ता लगाएका कुल ३०२ वटा हानिकारक सूचनाहरू निर्वाचन आचारसंहिता, २०८२ विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रवक्ता भट्टराईले बताए ।
आगामी फागुन २१ गते निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण