वायुसेवा निगमका महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश
सारांश
- सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ।
- निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा महाप्रबन्धक नियुक्ति गर्न नमिल्ने भन्दै रिट दायर भएको थियो।
- अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कारण देखाऊ आदेश जारी गरेको छ।
काठमाडौँ । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा महाप्रबन्धक नियुक्ति गर्न नमिल्ने भन्दै चीरञ्जीवी उपाध्यायले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त प्रक्रिया अघि नबढाउन आदेश दिएको हो ।
अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कारण देखाऊ आदेश पनि जारी गरेको छ ।
सचिवको संयोजकत्वमा गठित छनोट समितिले खुला प्रतिस्पर्धाबाट ४ माघमा १० जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरूसँग अन्तर्वार्ता तथा प्रस्तुतीकरणसमेत भइसकेको थियो ।
तर नेपाल वायुसेवा निगम ऐन २०२९ अनुसार बहालवाला कर्मचारी महाप्रबन्धक बन्न अयोग्य हुने व्यवस्था हुँदाहुँदै दुई कर्मचारीलाई सर्टलिस्ट गरिएको भन्दै विवाद उठेको थियो ।
कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएपछि निगम हाल नेतृत्वविहीन अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण