अमेरिकामा अवैध गतिविधि र सहुलियत दुरुपयोगले भिसा रद्द हुने सक्ने
सारांश
- अमेरिकी दूतावासले अमेरिकामा रहेका नेपाली नागरिकलाई गम्भीर सूचना जारी गरेको छ।
- सहुलियत सुविधाको दुरुपयोग गरेमा भिसा वा ग्रिनकार्ड रद्द हुनसक्ने चेतावनी दिएको छ।
- बी-१/बी-२ भिसामा कडाई गर्दै धरौटी राख्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।
काठमाडौँ । संयुक्त राज्य अमेरिकास्थित नेपाली दूतावासले अमेरिकामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई लक्षित गरी गम्भीर सूचना जारी गरेको छ । अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय, परिवार वा आफन्त भेटघाटको सिलसिलामा अमेरिका पुगेका विदेशी नागरिकले त्यहाँ रहँदा गलत विवरण पेश गरी वा अवैध रूपमा अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने स्वास्थ्य, आवास, परिवार सहायता, शैक्षिक सहायता जस्ता सहुलियत सुविधा उपयोग गरेमा सम्बन्धित व्यक्तिको भिसा वा ग्रिनकार्ड रद्द हुनसक्ने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार सन् २०२४ मा अमेरिका पुगेका नेपालीहरू सहुलियतपूर्ण सरकारी सेवा लिने विदेशी नागरिकहरूको सूचीमा उच्च स्थानमा परेपछि अमेरिकाले नेपाली नागरिकका लागि आप्रवासी भिसा हाललाई बन्द गरेको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको हो ।
यसैगरी बी–१/बी–२ भिसामा अमेरिका गएका केही नेपाली नागरिकले ओभरस्टे गर्ने तथा भिसाको उद्देश्यभन्दा फरक काममा संलग्न भएको पाइएपछि अमेरिकी सरकारले २१ जनवरी २०२६ देखि लागू हुने गरी बी–१/बी–२ भिसा आवेदनमा अमेरिकी डलर ५,००० देखि १५,००० सम्म धरौटी राख्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।
यस्ता गतिविधिले भविष्यमा नेपाली नागरिकका लागि अमेरिकी भिसा नीति थप कडा बन्ने, भिसा पाउन कठिन हुने र देशको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्ने दूतावासले चेतावनी दिएको छ।
त्यसैले अमेरिकामा रहेका नेपाली नागरिकलाई गैरकानूनी काम नगर्न, गलत विवरण नदिन तथा कुनै पनि सरकारी सहुलियत सुविधाको दुरुपयोग नगर्न दूतावासले सबैमा हार्दिक अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण