मधेस प्रदेशमा बेपत्ता हुनेको सङ्ख्या भयावह, ६ महिनामा २ हजार ५७२ जना सम्पर्कविहीन
सारांश
- मधेस प्रदेशमा पछिल्लो ६ महिनामा २,५७२ जना सम्पर्कविहीन भएका छन्, जसमध्ये १,५०१ जना फेला परेका छन्।
- जेन्जी आन्दोलनका क्रममा मधेस प्रदेशमा चार जनाको मृत्यु भएको थियो, र २३४ वटा सरकारी कार्यालयमा क्षति पुगेको थियो।
- आन्दोलनका क्रममा ५७ करोड ३५ लाख रुपैयाँ बराबरको सरकारी कार्यालयमा क्षति र २ करोड ६ लाखको प्रहरी सवारी साधनमा क्षति पुगेको थियो।
जनकपुरधाम । मधेस प्रदेशमा बेपत्ता हुने व्यक्तिको सङ्ख्या भयावह बनेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले अन्तिम ६ महिनामा मधेस प्रदेशमा २ हजार ५७२ जना सम्पर्कविहीन रहेको बताए। जसमध्ये पुस महिनामा मात्र १ हजार ४४८ जना सम्पर्कविहीन भएका थिए। ती सम्पर्कविहीनमध्ये ६ महिनाको अवधिमा १ हजार ५०१ जना फेला परेका छन् भने अन्य सम्पर्कविहीन छन्।
त्यसैगरी, जेन्जी आन्दोलनमा भएका क्षतिहरूको विवरणसमेत सार्वजनिक गरिएको छ। प्रवक्ता थापाका अनुसार मधेस प्रदेशमा जेन्जी आन्दोलनको क्रममा जम्मा चारजनाको मृत्यु भएको थियो। सो आन्दोलनका क्रममा मधेस प्रदेशका कुल २३४ वटा सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो।
सरकारी कार्यालयहरूको कुल क्षति आकलन ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ बराबरको रहेको जनाए। उनले जेन्जी आन्दोलनका क्रममा प्रदेशभरिका प्रहरीका सवारी साधनहरूमा पनि क्षति पुगेको जानकारी दिँदै कुल आकलन अनुसार २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको प्रहरीले प्रयोग गर्ने सवारी साधनमा क्षति भएको बताए।
प्रवक्ता थापाले जेन्जी आन्दोलनका क्रममा मधेस प्रदेशका विभिन्न कारागारहरूमा रहेका १०४५ जना कैदीबन्दी फरार भएको जानकारी दिए। उनीहरूमध्ये विभिन्न स्थानबाट जम्मा ५७९ जना पक्राउ परेका छन् भने अन्य अझै फरार अवस्थामा रहेका छन्।
त्यस्तै, जेन्जी आन्दोलनकै क्रममा मधेस प्रदेशका बाल सुधार गृहहरूबाट ६८ जना फरार भएका थिए। जसमध्ये २० जना पक्राउ परिसकेका छन् भने ४८ जना अझै फरार रहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण