शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउडपछि अब तेलुगु फिल्ममा डेब्यु गर्दै अभिनेत्री राशा

शुक्रबार, १६ माघ २०८२, १६ : ५०
शुक्रबार, १६ माघ २०८२

सारांश

  • अभिनेत्री राशा थडानी तेलुगु फिल्म 'श्रीनिवास मंगापुरम' मा देखिने भएकी छिन्।
  • फिल्मको 'मोसन पोस्टर' सार्वजनिक भएको छ, जसमा राशाले खुसी व्यक्त गरेकी छन्।
  • राशा यसअघि बलिउड फिल्म 'आजाद' मा देखिएकी थिइन्, र उनी 'लइकी लइका' मा पनि देखिनेछिन्।

मुम्बई । फिल्म ‘आजाद’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री राशा थडानी अब तेलुगु फिल्ममा देखिने भएकी छन् । फिल्म ‘श्रीनिवास मंगापुरम’ मार्फत उनी तेलूगू फिल्ममा देखिने भएकी हुन् ।

फिल्मको हालै ‘मोसन पोस्टर’ सार्वजनिक गरिएको छ । उक्त पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै राशाले खुसी व्यक्त गरेकी छिन् ।

इन्स्टाग्राममा राशाले सेयर गरेको पोस्टरमा उनले हल्का बैजनी रंगको पहिरन लगाएकी छिन् ।  खुला कपाल र पृष्ठभूमिमा फूल देख्न सकिन्छ । पोस्टर सेयर गर्दै उनले लेखेकी छन्, ‘श्रीनिवास मंगापुरम’ की मंगालाई भेट्नुहोस् । आभार र आशाले भरिएको हृदयका साथ म तेलुगु फिल्ममा पहिलो पाइला चाल्दैछु ।’

फिल्म ‘श्रीनिवास मंगापुरम’ लाई अजय भूपतिले निर्देशन गर्दैछन् । राशा थडानी यस फिल्ममा मंगाको भूमिकामा देखिनेछिन् । फिल्मको रिलिज मिति तोकिएको छैन । अजय भूपतिले यसअघि ‘आरएक्स १००’, ‘महा समुद्रम’ र ‘मंगलावरम’ जस्ता चर्चित फिल्महरू निर्देशन गरेका थिए ।

राशा थडानीले अभिषेक कपूरको निर्देशनमा बनेको फिल्म ‘आजाद’ बाट बलिउडमा कदम राखेकी थिइन् । यस फिल्ममा अजय देवगनका भतिजा अमन देवगनको पनि अभिनय थियो ।

१७ जनवरी २०२५ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेन । राशा छिट्टै फिल्म ‘लइकी लइका’ मा पनि देखिनेछिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप