खेत जोतिरहेका बेला गोली हानी एक पुरुषकाे हत्या
शुक्रबार, १६ माघ २०८२, १७ : २२
सारांश
- सिराहामा एक जनाको गोली हानी हत्या गरिएको छ।
- सिराहा नगरपालिका-१ का प्रेमनाथ यादवको हत्या भएको हो ।
- यादवको हत्या खेतमा ट्र्याक्टर चलाइरहेको बेला भएको थियो।
सिराहा । सिराहामा एक जनाको गोली हानी हत्या गरिएको छ । सिराहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको सिराहा नगरपालिका वडा नम्बर ७ मैनाबत्तीखोला किनारमा हत्या भएको हो ।
आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली हानी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
खेत जोत्न गएका उनीमाथि गोली हानेर हत्या गरेको भन्ने खबर पाउनासाथ वडाअध्यक्ष महेशकुमार यादवले प्रहरीलाई खबर गरिएको जानकारी दिए । घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण