शालीनदी फर्किए माधवनारायणका बर्तालु
सारांश
- माधवनारायणको व्रत बसेका बर्तालुले चाँगुनारायणमा पूजा आराधना गरी शालीनदी फर्के।
- माघ शुक्ल द्वादशीमा बर्तालुले सादहमा स्नान गरी पूजा आराधना गरे।
- भीमसेन जात्रा साँखु बजारमा घुमाइएको जानकारी प्राप्त भयो।
काठमाडौँ । माधवनारायणको एक महिना लामो व्रत बसेका बर्तालुले चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गरेर शालीनदी फर्किएका छन् ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा लाखौँ भक्तजन आउने गरेका छन् । प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन बिहान माधवनारायणका व्रतालुले सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथलाई राखेर पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ । व्रतालुले आज चाँगुनारायणमा पूजा आराधना सकेपछि साँखु गई आ आफ्नै घर घरमा पुगेर भोजन गर्ने व्रत विधि रहेको छ ।
बर्तालु चाँगुनारायणबाट आज साँखु फर्किएर घर घरमा भोजन गरिसकेपछि साँखुमा भीमसेन जात्रा गरिएको छ । भीमसेन जात्रालाई साँखु बजार घुमाइएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिए ।
माधवनारायणका व्रतालु तेस्रो तीर्थयात्राका लागि बिहीबार राति १० बजे चाँगुनारायण मन्दिर पुगेका थिए । शुक्रबार बिहान स्नानसहित पूजा आरधनापौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलान्चोकको पनौतीमा बर्तालुले तीर्थयात्रा सम्पन्न गरेका छन् ।
माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ । जसका लागि बर्तालु माघ शुक्ल एकादशीका दिन राति १० बजे चाँगुनारायण पुगेको यस वर्षको यो अन्तिम तीर्थयात्रा पनि हो ।
पौष शुक्ल पूर्णिमा अर्थात् गत पुस १९ गतेदेखि साँखुस्थित शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानी परमेश्वरी देवीको पूजा आराधना गर्ने भक्तजनको घुइँचो छ । जसका कारण साँखु एवं शालीनदी जाने सार्वजनिक यातायातमा भीड छ । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । मेलाको मौका पारेर सार्वजनिक यातायातका सहचालकले बढी भाडा उठाएको गुनासो भक्तजनले गरेका छन् । सार्वजनिक बिदा र शनिबारका दिन धेरै भक्तजन साँखुस्थित शालीनदी जाने गर्छन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ । शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण