शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री मोदी र अरब लिगका कूटनीतिज्ञबिच भेटवार्ता

शनिबार, १७ माघ २०८२, २३ : ४९
शनिबार, १७ माघ २०८२

सारांश

  • प्रधानमन्त्री मोदी र अरब लिगका विदेशमन्त्रीहरूबीच नयाँदिल्लीमा भेटवार्ता भयो।
  • भेटमा व्यापार, प्रविधि, र ऊर्जा क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भयो।
  • भारत र अरब राष्ट्रहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरियो।

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्लीमा अरब लिगका विदेशमन्त्री र प्रतिनिधिमण्डलहरूलाई स्वागत गरेका छन् । दुई मुलुकबिचका कुटनीतिज्ञ र प्रतिनिधिमण्डलबिचको भेटमा व्यापार, प्रविधि र ऊर्जा जस्ता क्षेत्रहरूमा सहयोग बढाउने साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने उनले बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा उनले अरब संसारलाई भारतको विस्तारित छिमेकको एक हिस्साको संज्ञा दिँदै यो स्थायी भ्रातृत्व सम्बन्ध र शान्ति र स्थिरताको प्रतिबद्धताले जोडिएको बताए ।

उनले लेखेका छन्, “आज अरब लिगका विदेशमन्त्री र प्रतिनिधिमण्डलहरूलाई स्वागत गर्न पाउँदा खुसी छु। अरब जगत भारतको विस्तारित छिमेकको एक हिस्सा हो, जुन गहिरो सभ्यतागत सम्बन्धहरू, जनता–जनताबिचको जीवन्त सम्बन्ध र स्थायी भ्रातृत्वको सम्बन्धका साथै शान्ति, प्रगति र स्थिरताको लागि साझा प्रतिबद्धताद्वारा जोडिएको छ।”

“प्रविधि, ऊर्जा, व्यापार र नवप्रवर्तनमा बढ्दो सहयोगले नयाँ अवसरहरू खोल्ने र साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ,” प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गरेका छन् ।

भारत र अरब विदेश मन्त्रीहरूको दोस्रो बैठकका लागि यो प्रतिनिधिमण्डल भारतमा रहेको छ ।

प्रधानमन्त्री कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी भनेको छ, “प्रधानमन्त्री मोदीले भारत र अरब जगतबिचको गहिरो र ऐतिहासिक जनस्तरको सम्बन्धलाई उजागर गरे, जसले वर्षौंदेखि हाम्रो सम्बन्धलाई थप प्रेरित र बलियो बनाएको छ।”

प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा भारत–अरब साझेदारीको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थियो । भारत र अरब क्षेत्रका जनताको पारस्परिक लाभको लागि व्यापार र लगानी, ऊर्जा, प्रविधि, स्वास्थ्य सेवा र अन्य प्राथमिकता क्षेत्रहरूमा सहयोगलाई अझ गहिरो बनाउने भारतको प्रतिबद्धतालाई यसले थप पुष्टि गरेको उनले भने ।

भेटमा उनले प्यालेस्टिनी जनतालाई भारतको निरन्तर समर्थन रहने कुरा दोहोर्‍याउनुभएको थियो भने गाजा शान्ति योजना सहित जारी शान्ति प्रयासहरूको स्वागत गरेका थिए । उनले क्षेत्रीय शान्ति र स्थिरता प्राप्तिका लागि अरब लिगले खेलेको महत्त्वपूर्ण भूमिकाप्रति आभार व्यक्त गरे ।

यस अघि भारत–अरब विदेश मन्त्रीहरूको दोस्रो बैठकमा मन्तव्य दिने क्रममा विदेशमन्त्री जयशंकरले कसरी भारत–अरब सहयोग मञ्चले सकारात्मक भावनाहरूलाई व्यावहारिक आकार दिने मञ्चको रूपमा काम गर्दछ भन्ने कुरा प्रकाश पारेका थिए ।

उनले भने, “हाम्रो बैठकले सन् २०२६–२८ मा यस्तो सहयोगको एजेन्डाको आङ्कलन गर्नेछ।”

विदेशमन्त्री जयशंकरले अगाडी भने, “हाल यसले ऊर्जा, वातावरण, कृषि, पर्यटन, मानव संसाधन विकास, संस्कृति र शिक्षालाई समेट्छ । भारत डिजिटल, स्पेस, स्टार्ट–अप, इनोभेसन, आदि जस्ता सहयोगका अधिक समकालीन आयामहरूलाई समावेश गर्न तत्पर छ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप