युक्रेनबारे छलफल गर्न रुसी वार्ताकार फ्लोरिडामा
सारांश
- किरिल दिमित्रीभले फ्लोरिडामा अमेरिकी अधिकारीहरूसँग भेटघाट गरे।
- बैठक अबुधाबी बैठकको तयारीको रूपमा थियो, जहाँ युक्रेन युद्ध अन्त्यबारे छलफल हुनेछ।
- अमेरिकाका अनुसार दुवै पक्ष सम्झौताको नजिक छन्, तर सहमति हुन बाँकी छ।
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका उच्च आर्थिक दूत किरिल दिमित्रीभले शनिबार फ्लोरिडामा अमेरिकी अधिकारीहरूसँग भेटघाट गरेका छन् ।
“वार्ता बिहान ८ बजे सुरु भएको थियो,” नाम उल्लेख नगर्ने शर्तमा स्रोतले एएफपीलाई बतायो ।
दिमित्रिभले यसअघि सामाजिक सञ्जालमा आफू “पुनः मियामीमा फर्किएको’ बताएका छन् ।
उक्त बैठकमा सहभागी अमेरिकी अधिकारीको नाम भने सार्वजनिक भइसकेको छैन ।
युक्रेनी र रुसी वार्ताकारबिच अबुधाबीमा करिब चार वर्षे युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी समर्थित योजनाबारे छलफल गर्न बैठक बस्नुभन्दा एक दिनअघि यो बैठक भएको हो । यसको अर्थ यो बैठक अबुधाबी बैठकको लागि दुई देशका नेताहरूबिच भएको पूर्व तयारी थियो ।
अमेरिकाले दुवै पक्ष सम्झौताको नजिक रहेको बताएको छ, तर अहिलेसम्म उनीहरूले युद्धपछिको समाधानमा युक्रेनको पूर्वी क्षेत्रको मुख्य मुद्दामा सहमति गर्न सकेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण