अशक्तलाई घरमै नागरिकता
सारांश
- पाँचखपन नगरपालिकामा अशक्तलाई घरमै नागरिकता प्रदान गरियो ।
- चन्द्रकुमारी बानियाँलाई घरमै नागरिकता दिइयो, उनले निवेदन दिएकी थिइन् ।
- जिल्लामा निर्वाचनको तयारी र अनुगमन भइरहेको छ, मतदान केन्द्रहरू छन् ।
सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई शनिबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिर्जना थपलियाले जानकारी दिइन् ।
अति अशक्त अवस्थाकी बानियाँले सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालयमा गत पुस १९ गते निवेदन दिएकी थिइन् । प्राप्त कागजातका आधारमा बानियाँलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रजिअ थपलियाले बताइन् । “असक्त नागरिकलाई घरदैलोमै अत्यावश्यक सेवा दिने हाम्रो नीति छ । स्वास्थ्यका कारणले समस्या भएर जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई हामीले यसरी नै सेवा दिँदै जानेछौँ”, उनले भनिन् ।
यसैबिच शनिबार यहाँ जिल्ला सुरक्षा समितिले मतदानस्थल निरीक्षण गर्नुका साथै स्थानीय तहसँग निर्वाचन तयारी, आचारसंहिता पालनालगायत विषयमा अन्तरक्रिया गरेको छ ।
आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै मतदान केन्द्र तथा मतदानस्थल अनुगमन र समन्वयको कामलाई तीव्रता दिइएको प्रजिअ थपलियाले बताइन् ।
जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् भने कुल मतदाता एक लाख १९ हजार ६३० रहेका छन् । जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन् ।
यहाँ १५ दल र एक स्वतन्त्र गरी तीन महिलासहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण