फिल्म अभिनयमा भित्रिँदै शिरिषा, गराइन् ‘ग्ल्यामरस’ फोटोसुट
सारांश
- निर्देशक ऋषि न्यौपानेकी छोरी शिरिषा न्यौपाने अभिनयमा आउने तयारीमा छिन्।
- शिरिषाले अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि नेपाली फिल्म क्षेत्रमा भविष्य खोज्दैछिन्।
- शिरिषाले बाल कलाकारको रूपमा केही फिल्ममा काम गरेकी छिन् र फोटोसुट गराएकी छन्।
काठमाडौँ । पछिल्लो समय कलाकारका सन्तान अभिनयमा आउने क्रम बढ्दो छ । बाबु–आमाको बिँडो थाम्दै नेपाली रजतपटमा पाइला राख्ने स्टार किड्सको सूचीमा अब अर्को एउटा नाम पनि थपिने भएको छ शिरिषा न्यौपाने । शिरिषा निर्देशक ऋषि न्यौपानेकी छोरी हुन् । उनी अभिनयमा आउन तयार गरिरहेकी छन् । जसको अनुमान उनले हालै गराएको ‘ग्ल्यामरस’ फोटोसुटबाट लगाउन सकिन्छ ।
लामो समयदेखि अमेरिकामा रहँदै आएकी शिरिषाले त्यहाँ आफ्नो उच्च शिक्षा पूरा गरेकी छन् । अमेरिकाको बसाई र अध्ययनपछि अब भने उनी नेपाली फिल्म क्षेत्रमा आफ्नो भविष्य खोज्ने उद्देश्यका साथ अगाडि बढ्ने सोचमा छिन् । त्यसैले पनि उनले अहिले व्यावसायिक फोटोग्राफर कुवेर डङ्गोलसँग तस्बिर खिचाएकी छन् ।

त्यसो त शिरिषाका लागि फिल्म क्षेत्र नौलो भने होइन । पारिवारिक माहोल नै फिल्ममय भएकोले उनमा सानैदेखि यस क्षेत्रप्रति रुचि थियो । उनले बाल कलाकारका रूपमा केही फिल्ममा काम समेत गरेकी छन् । उनले हालै गराएको फोटो सुटका केही तस्बिर सार्वजनिक गरिएको छ । जसमा उनको फेसन राम्रो देखिएको छ ।

यता निर्देशक न्यौपाने पनि छोरीलाई अभिनय ल्याउन चाहन्छन् । दर्जनभन्दा बढी चलचित्र निर्देशन गरिसकेका ऋषि यतिबेला आफ्नै नयाँ फिल्म निर्माण तयारीमा छन् । फिल्मबाट उनले छोरीलाई डेब्यु गराउने नगराउने केही बताएका छैनन् ।

‘छोरीको अभिनय आउने सोच छ । जसको तयारी पनि उनी गरिरहेकी छन्’, ऋषि भन्छन्, ‘छोरीलाई पूर्ण तयारी गराएर मात्रै पर्दामा उतार्ने सोच छ ।’
_oz8USFR3h6.jpg)
_zojFp8oGe7.jpg)
_OFOClYEWST.jpg)
_zhoCNZNZra.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण