‘बोर्डर २’ले नेपालमा कमायो २ करोड
सारांश
- सन्नी देओलको फिल्म 'बोर्डर २' ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ।
- नेपालमा पनि फिल्मले २ करोडभन्दा बढी कमाइ गरेको छ।
- यो फिल्म सन् १९७१ को भारत-पाकिस्तान युद्धमा आधारित छ।
मुम्बई । सन्नी देओलको फिल्म ‘बोर्डर २’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । २३ जनवरीमा रिलिज भएको यो फिल्मले ओपनिङ डेदेखि नै आक्रामक व्यापार गर्दै आइरहेको छ ।
नेपालमा पनि यो फिल्मले २ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले शनिबारसम्मको विदेशी फिल्मको बक्सअफिस रिपोट सार्वजनिक गरेको छ । जसमा फिल्मले २ करोड २१ लाख ९३ हजार ९१० ग्रस व्यवसाय गरेको उल्लेख छ । यो अवधिमा फिल्मको टिक ६९ हजार ६६ वटा बिक्री भएको छ ।
२७५ करोडको भारी बजेटमा बनेको यो फिल्ममा सन्नी देओल, वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टी मुख्य भूमिकामा छन् । सन् १९७१ को पृष्ठभूमिमा भारत र पाकिस्तानबिच भएको युद्धमा आधारित फिल्ममा सेनाको साहस, बलिदान र देशप्रेम देखाइएको छ। फिल्म अनुराग सिंहले निर्देशन गरेका हुन् ।
फिल्मको कुल कलेक्शन २५० करोड नाघेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण