शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ अभिषेक र आकृतिको नृत्यले नचायो दर्शक

आइतबार, १८ माघ २०८२, १२ : २२
आइतबार, १८ माघ २०८२

सारांश

  • फिल्म 'कुमारी' माघ २३ गतेबाट प्रदर्शन हुँदैछ र यसको प्रचारका लागि टोली पूर्वी नेपालमा छ।
  • मोरङको मधुमल्ला बजारमा 'कुमारी लाइभ म्युजिकल कन्सर्ट' मा कलाकारहरूले प्रस्तुति दिए, जसमा दर्शकको उत्साहजनक सहभागिता रह्यो।
  • फिल्ममा प्रेम, संघर्ष र पारिवारिक द्वन्द्वको कथा रहेको छ, जसमा अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका छ।

काठमाडौँ । माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘कुमारी’ । केही दिन अघि काठमाडौँको भृकुटीमण्डपमा एक भव्य कन्सर्टसहित ट्रेलर सार्वजनिक गरेको फिल्म युनिट यतिबेला  प्रचारमा पूर्वी नेपालको यात्रामा छ । सोही क्रममा फिल्म युनिटले शनिबार मोरङको मधुमल्ला बजारमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गरेको छ । 

भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त साङ्गीतिक कार्यक्रममा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीले फिल्मको गीत ‘डोको बुन्ने’ मा लाइभ नृत्य प्रस्तुत गर्दा दर्शकहरू पनि उनीहरूसँगै झुमेका थिए ।

सोही अवसरमा पार्श्व गायक केहर सिं लिम्बुले ‘डोको बुन्ने’, ‘तिमी बिना’, ‘कता छौ’ लगायत आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । चिसो मौसमका बाबजुद पनि दर्शकहरू राति ११ बजेसम्म कार्यक्रम स्थलमै बसेर कलाकारहरूलाई साथ दिएका थिए ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रेम, सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वलाई चित्रण गरिएको छ । अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको फिल्ममा  घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

IMG_5234

विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको ‘कुमारी’मा कार्यकारी निर्माता केदार भुसाल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?