संवैधानिक परिषद् बैठक आह्वान
काठमाडौं । संवैधानिक परिषद् बैठक शुक्रबार साँझ बस्नेगरी आह्वान भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बैठक बस्ने तय भएको हाे ।
बैठकमा संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।
हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक पद रिक्त छ ।
थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद रिक्त छन् । महिला आयोगमा एक सदस्य पद खाली छ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
-
स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन
-
घानाको डिफेन्स तोड्न डियाजकै जादु पर्खिँदै
-
पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा
-
राष्ट्रियसभामा ६ विधेयक टेबुल
-
अहिलेका एआई प्रणाली ‘वास्तवमा स्मार्ट’ छैनन् : वैज्ञानिक यान लेकुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण