नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को आज आयोजित ३१औँ दीक्षान्त समारोहमा उनले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।
मन्त्री पोखरेलले भने, “सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ, यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ ।”
नयाँपिँढीले सोचेजस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले भने, “यहाँहरुले सोच्नु भएको समाज कस्तो बनाउने भन्ने विषयमा हामी प्रयासरत छौँ, धेरै कोसिस गर्छौं, त्यसमा युवाको भूमिका सक्रिय रहनुपर्यो ।”
मन्त्री पोखरेलले काठमाडौँ विश्वविद्यालयबाट हालसम्म विविध विधामा ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको हुँदा उनीहरुले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजका लागि देखेको सपना पूरा गर्नुपर्छ भन्ने आफ्नो अपेक्षा गरेको स्पष्ट पारे ।
मन्त्री पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रहसमेत गरे ।
उनले भने, “तपाईंहरु नमात्तिनुस् नेपालमै अवसर पाइन्छ र हामी आफैँ पनि अवसर सिर्जना गर्नेछौँ ।” त्यस अवसरमा उनले विभिन्न विधामा उपाधि प्राप्त विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए ।
उपकुलपति प्राडा ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र ‘अटोमेशन’को तीव्र विकाससँगै प्राविधिक दक्षता मात्र होइन, विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।
समारोहमा आमन्त्रित भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्राडा भूपेन्द्र पाटद्र्र्धनले नेपाल–भारतबिच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदान प्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले विश्वविद्यालयमा प्राप्त शिक्षालाई आत्मविश्वास, नैतिकता र जिम्मेवारी तथा चुनौतीलाई अवसरमा बदल्नेगरी समाजको हितमा प्रयोग गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईजी राठौरले सम्हाले उपत्यका प्रहरीको कार्यभार
-
गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग
-
कर्णालीमा सत्तारुढ दलकै सांसदले स्वकीयको तलब माग गर्दै संसद् अवरोध गरेपछि...
-
प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी
-
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण