‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ अभिषेक र आकृतिको नृत्यले नचायो दर्शक
सारांश
- फिल्म 'कुमारी' माघ २३ गतेबाट प्रदर्शन हुँदैछ र यसको प्रचारका लागि टोली पूर्वी नेपालमा छ।
- मोरङको मधुमल्ला बजारमा 'कुमारी लाइभ म्युजिकल कन्सर्ट' मा कलाकारहरूले प्रस्तुति दिए, जसमा दर्शकको उत्साहजनक सहभागिता रह्यो।
- फिल्ममा प्रेम, संघर्ष र पारिवारिक द्वन्द्वको कथा रहेको छ, जसमा अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका छ।
काठमाडौँ । माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘कुमारी’ । केही दिन अघि काठमाडौँको भृकुटीमण्डपमा एक भव्य कन्सर्टसहित ट्रेलर सार्वजनिक गरेको फिल्म युनिट यतिबेला प्रचारमा पूर्वी नेपालको यात्रामा छ । सोही क्रममा फिल्म युनिटले शनिबार मोरङको मधुमल्ला बजारमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गरेको छ ।
भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त साङ्गीतिक कार्यक्रममा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीले फिल्मको गीत ‘डोको बुन्ने’ मा लाइभ नृत्य प्रस्तुत गर्दा दर्शकहरू पनि उनीहरूसँगै झुमेका थिए ।
सोही अवसरमा पार्श्व गायक केहर सिं लिम्बुले ‘डोको बुन्ने’, ‘तिमी बिना’, ‘कता छौ’ लगायत आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । चिसो मौसमका बाबजुद पनि दर्शकहरू राति ११ बजेसम्म कार्यक्रम स्थलमै बसेर कलाकारहरूलाई साथ दिएका थिए ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रेम, सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वलाई चित्रण गरिएको छ । अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको ‘कुमारी’मा कार्यकारी निर्माता केदार भुसाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण