रोजगार र मध्यमवर्गीय परिवार लक्षित गरेर बाचापत्र ल्याउँछौ : रास्वपा नेता खनाल
सारांश
- रास्वपा नेता शिशिर खनालले आगामी निर्वाचनमा रोजगार र मध्यम वर्गीय परिवारलाई लक्षित गर्ने बताए।
- उनले निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र पर्यटन, प्रविधि र जलविद्युतमा जोड दिने बताए।
- खनालले सुशासन, पूर्वाधारमा लगानी र विदेशमा रहेका नेपालीलाई लगानीको वातावरण बनाउने कुरा गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम वर्गीय परिवारलाई लक्षित गरेर आफ्नो दलका वाचापत्र ल्याउने बताएका छन् ।
जेनजी आन्दोलन पछिको मुख्य माग नै रोजगार भएको भन्दै उनले सबैभन्दा पहिले त्यसमै केन्द्रित हुने बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दलको घोषणा पत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै खनालले रोजगार सिर्जना गर्न निजी क्षेत्रलाई सहज हुनेगरी कानुन निर्माण गर्ने बताए ।
उनले उदार अर्थतन्त्रमा विश्वास गर्दै पार्टीले त्यसमा सामाजिक न्यायको अवधारणा ल्याएको बताए । खनालले पर्यटन क्षेत्र विकास गर्न कनेक्टीभिटी राम्रो बनाउनुपर्ने बताए । रास्वपाले टेक्नोलोजी र हाइड्रो पावरलाई पनि प्राथमिकता दिएर आर्थिक विकास गर्ने भन्दै उनले भने– ‘हामीले सम्मानजनक मध्यम आय मुलुक भएको अबको १० वर्षको लक्ष्य राखेका छौँ ।’ मध्यम परिवारलाई लक्षित गरेर सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक रहेको समेत उनले बताए ।
उनले सुशासन विना अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै नियामक निकायमा हस्तक्षेप र नियुक्तिमा पारदर्शी ढङ्गले काम गर्नुपर्ने बताए ।
नेता खनालले पूर्वाधार क्षेत्रमा ठुलो लगानी हुनुपर्ने बताउँदै त्यो फोकस गरेर लगानी गर्नुपर्ने बताए । आगामी १० वर्षभित्र ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको समेत उनले बताए । उनले विदेशमा भएका नेपालीहरूलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन सकिने समेत बताए ।
खनालले राजनीतिक दलले ल्याएको घोषणा पत्र कार्यान्वयन हुन एउटै दलको बहुमत आउनुपर्ने समेत बताए । ‘सरकारले चाहने खालको मात्रै कानुन बन्ने भएको हुँदा एउटै दलको बहुमत आए मात्रै घोषणापत्र कार्यान्वयन हुनसक्छ । ५–६ वटा दल मिलेर सरकार बनाउँदा र त्यसमा पनि सरकार अस्थिर हुँदा घोषणापत्र लागू हुन सक्दैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण