२० अङ्कले घट्दा सेयर बजार २७०० तल, ९ अर्ब १० करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से सूचक आज ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १९.८५ अङ्क ले घटेर २६९४.२० विन्दुमा पुगेर बन्द भएको छ ।
आज बजारमा उतारचढावका बिच कारोबार रकम भने उत्साहजनक देखिएको छ । दिनभरमा ३२९ कम्पनीका २ करोड २० लाख ६० हजार कित्ता सेयर किनबेच भएका छन् । जसबाट कुल ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो नाफा कमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ९.७० प्रतिशतले बढेको छ । त्यस्तै, क्रेस्ट माइक्रो लाइफको मूल्य ८.१९ प्रतिशत र एनआईबीएल ग्रोथ फण्डको मूल्य ६.५१ प्रतिशतले वृद्धि भएको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किट लाग्दा रावा इनर्जीको ९.३४ प्रतिशतले मूल्य घटेको छ ।
आज ट्रेडिङ बाहेक सबै समूहमा गिरावट आएको छ । होटल १.७५ प्रतिशत र हाइड्रो १.३६ प्रतिशतले घटेको देखिन्छ ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, एसवाई प्यानलको ५३ करोड ६४ लाख र राधी विद्युत कम्पनीको ३८ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण