‘भयभीत वातावरणमा निर्वाचन गरेर लोकतान्त्रिक व्यवस्थाका पक्षधरलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ’
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले देश अहिले गम्भीर राजनीतिक सङ्कटमा रहेको दाबी गरेका छन् ।
आइतबार बसेको प्रदेश सभाको हिउँदे अधिवेशनमा उनले देश सङ्कटमा रहेको संविधान अर्धघाइते अवस्थामा रहेको बताए ।
‘जेनजी आन्दोलनको बलमा बनेको सरकार संविधानका आधारभूत स्तम्भहरू भत्काउन उद्यत छ,’ उनले भने, ‘प्रमुख राजनीतिक दल र तिनका नेता कार्यकर्ताप्रति घृणा र वितृष्णा फैलाउन स्वयम् सङ्घीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।’
कँडेलले असुरक्षा र भयभीत वातावरणमा निर्वाचन गरी लोकतान्त्रिक व्यवस्थाका पक्षधरलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको दाबी गरे ।
उनले अगाडी भने,‘विकास र समृद्धिको पथमा हिँडिरहेको नेपाललाई फेरि भू–राजनीतिक चलखेलको केन्द्र बनाउने सुनियोजित षड्यन्त्र भइरहेको छ ।’
कँडेलले सङ्घीय सरकारबाट प्रदेश तहमा कर्मचारी संयन्त्रलाई समेत अब प्रदेश संरचना नै रहन्न भन्ने गरी दबाब सिर्जना गर्ने काम भएको पनि खुलाए ।
‘हाम्रो संविधानले तीन तहका सरकारबिच सहअस्तित्व, सहकार्य र समन्वयलाई आत्मसात् गरेको छ,’ उनले भने, ‘संविधानले प्रदेशलाई दिएको अधिकार क्षेत्रमाथि नै हस्तक्षेप हुने गरी यस बीचमा व्यवहारहरू प्रकट भए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण