शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रियंका र आयुस्मान अग्रि ग्रुपको ब्रान्ड एम्बेस्डर नियुक्त

सोमबार, १९ माघ २०८२, १९ : ४४
सोमबार, १९ माघ २०८२

काठमाडाैँ । अग्नि ग्रुपको ब्राण्ड एम्बेस्डरमा प्रियंका कार्की र आयुस्मान जोशी नियुक्त भएका छन् । महिन्द्राको लागि नेपालको आधिकारिक बिक्रेता समेत रहेको अग्नि ग्रुपले सोमबार यो दम्पत्तिलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको औपचारिक जानकारी गराएको हो ।

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमकाबिच ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्रा इन्डियाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री हेड चैतन्य कगालकर तथा कार्यकारी निर्देशक वरदान बस्नेतको उपस्थितिमा उनीहरूलाई ’अग्नि परिवार’मा स्वागत गरिएको हो ।

कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले प्रियंका र आयुष्मानसँग आफ्नो व्यक्तिगत सम्बन्ध धेरै पुरानो र नजिकको रहेको बताए । श्रेष्ठले उनीहरुलाई अग्नि परिवारको सदस्यको रुपमा स्वागत गर्न र महिन्द्राको गाडी चलाउने अवसर प्रदान गर्न पर्खिरहेको भन्दै अहिले चाहना पूरा भएको बताए ।

फेब्रुअरी महिनालाई प्रेमको महिना मानिने र यही महिनामा प्रियंका कार्कीको जन्मदिन तथा उनीहरूको वैवाहिक वर्षगाँठ समेत पर्ने भएकाले यो सहकार्यको घोषणाका लागि यही समय रोजिएको जानकारी कार्यक्रममा दिइयो ।

नवनियुक्त ब्रान्ड एम्बेस्डर तथा अभिनेत्री प्रियंका कार्कीले अग्नि ग्रुपसँग जोडिन पाउनु आफ्नो लागि सम्मानको विषय भएको बताइन् । अध्यक्ष श्रेष्ठसँग आफ्नो फुड पार्टनरको रूपमा जोडिएको भन्दै अहिले अग्नि ग्रुपको सदस्य बन्ने समय आएको बताइन् । 

‘यो अग्नि ग्रुपसँग जोडिने मेरो समय रहेछ । यो मेरो लागि निकै गर्वको क्षण हो’ उनले भनिन् । त्यस्तै, अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशीले पनि अग्नि परिवारको सदस्य हुन पाउनु सौभाग्यको कुरा भएको बताए ।

साे अवसरमा आयुसमानले प्रियंकालाई बीई–६ ईभी उपहार दिएका थिए । 

औपचारिक घोषणा लगत्तै अध्यक्ष श्रेष्ठले कार्की र जोशी दम्पत्तिलाई महिन्द्राको नयाँ गाडीको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा कम्पनीका विभागीय प्रमुखहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप