पूर्व इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ हुँदै
सारांश
- सिँचाइ विभागका पूर्व इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदैछ।
- अख्तियारले श्रेष्ठले ठेकेदारसँग मिलेर कमिसन लिई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ।
- अख्तियारले श्रेष्ठसहित परिवारका सदस्यविरुद्ध मुद्दा दायर गर्दै ४ करोड ८८ लाख रुपैयाँको सम्पत्ति जफत गर्न माग गरेको छ।
काठमाडौँ । सिँचाइ विभागका पूर्व इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध सार्वजनिक पदमा रहँदा सरकारी संरचनाहरूको निर्माणमा ठेकेदारहरूसँग मिलेर कमिसन लिई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उनको नाममा रहेका विभिन्न सम्पत्तिहरूको स्रोत पत्ता लाग्न नसकेको भन्दै अख्तियारले ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँको सम्पत्ति जफत गर्न माग गरेको छ।
यसका अतिरिक्त, विष्णु कुमार श्रेष्ठले आफ्नो परिवारको नाममा समेत गैरकानुनी सम्पत्ति स्थानान्तरण गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ । उनको पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई पनि आरोपित गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको जाँच अनुसार, विष्णु कुमार श्रेष्ठले २0७७ सालको माघ महिनासम्म ११ करोड २५ लाख ६५ हजार रुपैयाँभन्दा बढी आय आर्जन गरेको अभियोग छ । यसमा तलब, पारिश्रमिक, कम्पनी मुनाफा, कृषि आय, शेयर बिक्री लगायतका विभिन्न स्रोतहरू समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण