धनकुटामा माघ २७ देखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने
सारांश
- धनकुटामा माघ २७, २८ र २९ गते पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ।
- अभियानले कक्षा ६ मा अध्ययनरत छात्रा र १० वर्षका किशोरीहरूलाई खोप दिने लक्ष्य राखेको छ।
- स्वास्थ्य कार्यालयले खोप सुरक्षित र निःशुल्क रहेको जनाएको छ, साथै भ्रममा नपर्न आग्रह गरेको छ।
धनकुटा । नेपाल सरकारको नियमित विद्यालय केन्द्रित खोप कार्यक्रम अन्तर्गत धनकुटा जिल्लामा आगामी माघ २७, २८ र २९ गते पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुँदैछ। महिलाहरूमा हुने क्यान्सरजन्य मृत्युको प्रमुख कारण बनेको यस रोगबाट आफ्ना नानीहरूलाई बचाउन स्वास्थ्य कार्यालय धनकुटाले विशेष तयारी गरेको हो ।
तथ्यांक अनुसार नेपालमा हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको छ, जुन औसतमा दैनिक ४ जना हुन आउँछ। विश्वभर हुने यस्तो क्यान्सरको ८८ प्रतिशत भार नेपाल जस्ता न्यून र मध्यम आय भएका देशहरूमा रहेको छ। यो भयावह स्थितिलाई रोक्न प्रारम्भिक किशोरावस्थामा दिइने एचपिभी खोप निकै प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।
यस वर्ष धनकुटा जिल्लाभरिका १ हजार २ सय ८५ लक्षित बालिकाहरूलाई खोप दिने लक्ष्य राखिएको छ। अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरूलाई खोप लगाइनेछ। साथै, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय बाहिरका ११ देखि १४ वर्षका किशोरीहरूलाई पनि यो खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।
तालिम प्राप्त स्वास्थ्यकर्मीबाट विद्यालयमै दिइने यो खोप पूर्ण रूपमा सुरक्षित र निःशुल्क छ। कुनै पनि भ्रम वा मिथ्या सूचनाको पछि नलागी आफ्ना नानीहरूलाई विद्यालयमा सम्पर्क गराई खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ। विद्यालयमा छुट भएका किशोरीहरूले अभियानको अन्तिम दिन नजिकैको स्वास्थ्य संस्थाबाट खोप लिन सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण