हार्वर्ड विश्वविद्यालयबाट ट्रम्पले १ अर्ब डलर क्षतिपूर्ति माग्ने
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले हार्वर्ड विश्वविद्यालयसँगको विवादमा १ अर्ब डलर क्षतिपूर्ति माग्ने घोषणा गरेका छन्।
- ट्रम्पले हार्वर्डले यहूदीहरूको विरोध नियन्त्रण नगरेको आरोप लगाएका छन्, जसलाई विश्वविद्यालयले अस्वीकार गरेको छ।
- विवादको कारण हार्वर्डमाथि संघीय अनुसन्धान अनुदान खारेज गरिएको थियो, तर अदालतले यसलाई उल्ट्याइदियो।
वासिङ्टन डिसी । हार्वर्ड विश्वविद्यालयसँग चलिरहेको विवादमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ अर्ब डलर क्षतिपूर्ति माग्ने घोषणा गरेका छन् ।
उनले सोमबार राति ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै हार्वर्डले न्यूयोर्क टाइम्सलाई ‘निरर्थक कुरा खुवाएको’आरोप समेत लगाए । हार्वर्डले प्र–प्यालेस्टिनी प्रदर्शनका क्रममा यहूदीहरूको विरोध नियन्त्रण गर्न पर्याप्त कदम नचालेको आरोप व्हाइट हाउसले लगाउँदै आएको छ । यस आरोपलाई विश्वविद्यालयले अस्वीकार गरेको छ ।
अमेरिकी क्याम्पस र विश्वविद्यालयहरूमा ‘वोक’ र ‘कट्टर वामपन्थी’ विचारधारा रोक्ने ट्रम्प प्रशासनको अभियानको मुख्य निशाना हार्वर्ड भएको छ । गत वर्ष अप्रिलमा ट्रम्पले हार्वर्डले पाउँदै आएको करिब २ अर्ब डलर बराबरको संघीय अनुसन्धान अनुदान खारेज गरेर कोष रोक्का गरेका थिए ।
त्यसविरुद्ध हार्वर्डले सरकारविरुद्ध मुद्दा दायर गर्याे । संघीय अदालतले सरकारको निर्णयले विश्वविद्यालयको अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घन गरेको भन्दै कटौती उल्ट्याइदियो ।
यसअघि संघीय कोष फुकुवा गर्ने विषयमा वार्ता चलिरहेको भए पनि ट्रम्पले अब १ अर्ब डलर क्षतिपूर्ति खोज्ने र भविष्यमा हार्वर्डसँग कुनै सम्बन्ध नराख्ने बताएका छन् ।
हार्वार्डमाथि गम्भीर र जघन्य गैरकानुनी काम गरेको आरोप लगाए पनि ट्रम्पले यसका विवरण दिएका छैनन् । कोलम्बिया, पेन्सिल्भेनिया र ब्राउन विश्वविद्यालयले भने कोष जोगाउन ट्रम्प प्रशासनसँग सम्झौता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण