सुनसरी– ४ का मतदाताको प्राथमिकता कृषि र पूर्वाधार
सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं ४ भोक्राहा नरसिंह गाउँपालिका–२ का समीर आलम भन्छन्, “यहाँका अधिकांश परिवार मकै, तरकारी र धानखेतीमा निर्भर छन् । तर किसानले समयमा मल, बीउ र सिँचाइ पर्याप्त नहुँदा उत्पादन प्रभावित हुन्छ । गाउँमा सडक राम्रो नहुँदा खेतमा उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन मुस्किल छ । आगामी निर्वाचनमा कृषि, सडकका साथै रोजगार सुनिश्चित जसले गर्न सक्छ त्यस्तो उम्मेदवार यहाँ आउनुपर्छ ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरीका मतदाता यसपटक कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य मुद्दा बनाएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका–३ का अर्का युवा मतदाता राजु मण्डलले भने, “युवाले आफ्नै देशमा रोजगारी नपाउँदा दैनिक जसो विदेश जान बाध्य हुनु परेको छ । अबका उम्मेदवारले कृषि क्षेत्रका वास्तविक समस्या समाधान गर्नसक्नु पर्छ ।”
किसानका लागि सरकारले घोषणा गरेका सुविधा अधिकांश वास्तविक किसानसम्म पुग्दैन । भोक्राहा–६ का ५८ वर्षीय बिहारीराम चमारले भने, “पटक–पटक भोट दियौँ, तर गाउँमा भने जस्तो विकास हुन सकेन ।”
कृषि, सडक र आधारभूत सेवामा सुधार गर्नुपर्ने मुख्य प्राथमिकता छ । अबको उम्मेदवारले किसानका समस्या समाधानमा जोड दिनुपर्ने उनको भनाइ छ ।
सुनसरीमा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता कायम छन् ।
चार निर्वाचन क्षेत्र तोकिएको जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण