पाँच कम्युनिस्ट पार्टीद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौं । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका पाँच कम्युनिस्ट पार्टीहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । विभिन्न पाँच साना कम्युनिस्ट पार्टी सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ले मंगलबार एक विज्ञप्ति जारी गर्दै माघ २० गतेदेखि फागुन ३ गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
समितिका संयोजक सीपी गजुरेलद्वारा जारी विज्ञप्तिअनुसार दोस्रो चरणको आन्दोलन अन्तर्गत पर्चा वितरण, भित्तेलेखन, घरदैलो अभियान तथा कोणसभाहरू आयोजना गरिनेछन् । माघ १७ गते बसेको समितिको बैठकले तय गरेका यी कार्यक्रमहरूको मूर्त योजना र कार्यान्वयन भने स्थानीय संयुक्त संघर्ष समितिहरूले गर्ने जनाइएको छ ।
समितिले वर्तमान सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै स्वाधीन संयुक्त जनसरकार गठन तथा जनसंविधान निर्माणको संघर्षलाई अघि बढाउन निर्वाचन बहिष्कार गर्नुपर्ने निष्कर्ष निकालेको छ । विज्ञप्तिमार्फत समितिले देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिसहित आम मजदुर, किसान, कर्मचारी तथा राष्ट्रिय पुँजीपति वर्गलाई समेत बहिष्कार अभियानमा साथ दिन अपिल गरेको छ ।
यसैबीच, समितिले निर्वाचन बहिष्कार अभियानका क्रममा आफ्ना नेता पक्राउ परेको भन्दै आपत्ति जनाएको छ । अभियानकै सिलसिलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई सिन्धुलीको दुधौलीबाट प्रहरीले गिरफ्तार गरेको भन्दै समितिले उनको तत्काल रिहाइको माग समेत गरेको छ ।
संयुक्त संघर्ष समितिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) आबद्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण