नाइजर विमानस्थलमाथि आईएसआईएल आक्रमण रोक्न रुसी सेनाको सहयोग
मस्को । नाइजरको राजधानी नियामीस्थित मुख्य विमानस्थलमा आइएसआईएलको आक्रमण रोक्न आफ्ना सैनिकले सहयोग गरेको रुसले पुष्टि गरेको छ ।
रुसको विदेश मन्त्रालयले सोमबार बताएअनुसार आक्रमण रुसको अफ्रिकी र नाइजर सेनाको संयुक्त प्रयासले असफल बनाइएको हो । नाइजरका सैनिक नेतृत्वले पनि रुसी साझेदारले आक्रमण रोक्न मद्दत गरेको बताएको छ । यसमा २० आक्रमणकारी मारिएका थिए । मर्नेमा एक जना फ्रान्सेली नागरिक पनि थिए । आक्रमणमा चार सैनिक घाइते भएका थिए भने कम्तीमा ११ लडाकु पक्राउ परेका थिए ।
रुसको विदेश मन्त्रालयले यस चरमपन्थी आक्रमणको कडा निन्दा गर्दै सन् २०२४ सेप्टेम्बरमा मालीको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको समान आक्रमणमा पनि बाह्य प्रशिक्षक र प्राविधिक सहयोगीहरू संलग्न रहेको बताएको छ । नाइजरका सैनिक प्रमुख अब्दोरहमाने ट्चियानीले नियामीस्थित रुसी सेनाको शिविरमै पुगेर रुसी सेनाले देखाएको पेसागत उच्च क्षमताप्रति व्यक्तिगत कृतज्ञता व्यक्त गरेका थिए ।
आईएसआईएलले जनवरी २८ को राति डियोरी हमानी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अचानक र समन्वित आक्रमणको जिम्मेवारी लिएको थियो । आईएसआईएल सम्बद्ध आमाक मिडियाले अनलाइनमा प्रकाशित गरेको भिडियामा आक्रमणकारीहरूले असल्ट राइफल प्रयोग गरी विमान ह्याङ्गर वरिपरि गोली चलाएका र एक विमानमा आगो लगाएको देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण