सात बिघा उखुखेतीमा आगजनी
महोत्तरी । अज्ञात व्यक्तिले आज दिउँसो महोत्तरी जिल्लाको औरही नगरपालिका–१ मा १० जना किसानको करिब सात बिघा उखुखेतीमा आगजनी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार स्थानीय हरिनारायण यादव, रामवृक्ष राय, रासदेवी यादव, नगिनादेवी यादवलगायत १० जना किसानहरूले ६ बिघा सात कट्ठा क्षेत्रफलमा लगाएको उखु बालीमा अज्ञात व्यक्तिले आगजनी गरी नष्ट बनाएको छ ।
जिल्लाको गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका जेटिए अमिरी महतोका अनुसार किसानहरूले ६ बिघा सात कट्ठा क्षेत्रफलमा लगाएको उखु बाली आगजनीले नष्ट हुँदा किसानहरूको करिब रु १४ लाख मूल्य बराबरको क्षति भएको हो ।
उनका अनुसार आगलगीमा परेका उखुबाली २४ घण्टाभित्र क्रसिङ (चिनी बनाउने काम) गरिएमा दुई प्रतिशत मात्रै कट्ठा हुन्छ । तर त्यसभन्दा ढिलो भएमा जलेको उखु ल्याबमा पठाउनुपर्छ र ल्याबकै रिपोर्ट अनुसार गणना हुन्छ । किसानले काट्नका लागि ठिक्क पारेको उखुमा अचानक आगजनी भएपछि किसानहरू आर्थिक मारमा परेका छन् ।
उखुखेतीमा गरिएको आगजनीलाई जिल्लाको रामगोपालपुर नगरपालिका, जलेश्वर नगरपालिका, बर्दिबास नगरपालिका र सम्सी गाउँपालिकाबाट आएका बारुण यन्त्रहरूको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
-
युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
-
बारामा सवारी दुर्घटना बढे पनि घट्यो मृत्यु हुनेको सङ्ख्या, कारबाही र राजस्वमा पनि कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण