आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बालेन शाहको आज यस्तो छ तीन जिल्लाको कार्यक्रम

बुधबार, २१ माघ २०८२, ११ : २५
बुधबार, २१ माघ २०८२

काठमाडौँ । फागुन २१ गते तय भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह चुनावी दौडामा छन्। सोही क्रममा उनी बुधबार तीन जिल्लामा विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

रास्वपाका अनुसार शाहको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रमअन्तर्गत बुधबार मोरङ, सुनसरी र उदयपुर जिल्लामा रहने छन्। जसअनुसार बिहान ७:२० बजे मोरङको पथरीबाट कार्यक्रम सुरु गरे। त्यसपछि बिहान ७:४० बजे लेटाङ, बिहान ८:४० बजे डाइनिया र बिहान ९:२५ बजे विराटनगरको बरगाछीमा जनसम्पर्क गरेका छन्।

त्यसैगरी बिहान १०:१० बजे दुहबी, बिहान १०:३० बजे इटहरी र दिउँसो १२:२५ बजे इनरुवामा कार्यक्रम तय भएको रास्वपाले जनाएको छ। दिउँसो १:०५ बजे बराहक्षेत्र पुग्ने शाह दिउँसो ३:१० बजे उदयपुरमा कार्यक्रम समापन गर्ने रास्वपाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप