जेनजी आन्दोलनमा लुटिएको प्रहरीको इन्सास राइफल दाउराको चाङमा भेटियो, दुई युवक पक्राउ
सारांश
- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटिएको हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले इन्सास राइफल लुकाएको र आगजनी गरेको स्वीकार गरेका छन्।
- प्रहरीले हतियार फेला पारी हातहतियार खरखजाना कसुरमा कारबाही अगाडि बढाएको छ।
कास्की । कास्की प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएको हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ भीमसेन टोलमा लुकाइराखेको अवस्थामा प्रहरीले इन्सास राइफल बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको टोलीले सोमबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा महोत्तरी घर भई हाल पोखरा–९ नयाँबजार बस्ने १८ वर्षीय रवि चौधरी र भारत घर भई पोखरा–२ अर्चलबोट बस्ने १८ वर्षीय राज कुमार छन् ।
प्रहरीको सोधपुछका क्रममा उनीहरुले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटेको र आगजनी गरेको स्वीकार गरेका छन् । उनीहरुले लुटेको हतियार भीमसेन टोलस्थित इन्द्रबहादुर भारीको घरको टहरोमा रहेको दाउराको चाङभित्र लुकाएका थिए ।
प्रहरीले सोही स्थानमा खानतलासी गर्दा दाउराको बिचमा लुकाएको अवस्थामा ‘राइफल ५.५६ एमएम एम ३२२६’ लेखिएको इन्सास राइफल फेला पारेको हो । हतियारसहित पक्राउ परेका दुवैजनालाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा कारबाही अगाडि बढाइएको छ ।
कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरुलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण