४२ जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन
सारांश
- शहरी विकास मन्त्रालयले ४२ जना सहिद परिवारलाई मासिक २१,८०० रुपैयाँ पेन्सन दिने निर्णय गरेको छ।
- भदौ २३ र २४ गतेको आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई पेन्सन उपलब्ध गराइनेछ।
- यो रकम पुनर्निर्माण कोषबाट १० वर्षका लागि निकासा गरिनेछ, जसमा ११ करोड ९० लाख २८ हजार रुपैयाँ खर्च हुनेछ।
काठमाडौँ । सहरी विकास मन्त्रालयले ४२ जेनजी सहिद परिवारका लागि मासिक २१ हजार ८०० को दरमा पेन्सन निकासा गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।
आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । त्यस क्रममा जेलबाट भागेका बाहेकका व्यक्तिलाई सहिद घोषणाको निर्णय गरिएको थियो । त्यसरी सहिद हुनेमा तीन जना प्रहरी समेत थिए ।
अहिले प्रहरी बाहेक ४२ जनालाई सहरी विकास मन्त्रालयमार्फत मासिक पेन्सन रकम निकासा गरिएको हो । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार १० वर्षका लागि आवश्यक रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ ।
‘उहाँहरूलाई मासिक २१ हजार ८०० र वर्षमा १३ महिनाका दरले १० वर्षको ११ करोड ९० लाख २८ हजार रुपैयाँ लाग्छ । यो रकम रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ,’ रेग्मीले भने ।
उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको थियो । तर, अहिले मन्त्रालयको स्वीकृति बिना नै मन्त्रालयले पुनर्निर्माण कोषबाट रकम निकासा दिएको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले राहतका लागि कुनै पनि फाइल अर्थ मन्त्रालयले स्वीकृत नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण